काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दश दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा जाने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
सहभागिताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।