भीभो एस वान नेपाली बजारमा सार्वजनिक, कति छ मुल्य ?

काठमाडौं, २८ साउन । भीभो नेपालले आफ्नो स्मार्टफोन भीभो एस १ नेपाली बजारमा लागि आधिकारीक रुपमा उपलब्ध गराएकोछ ।

‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ट्यागलाईन सहित बजारमा आएको एस १ ले ठूलो संख्याका युवा उपभोक्ताहरुलाई प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ ।

स्टायलिस, र सँधै नयाँ ट्रेण्डलाई आत्मसात गर्ने युवालाई लक्षित स्मार्टफोन भएको कम्पनीले बताएको छ ।

भीभो एस १ का विशेषतामा स्क्रीन टच आईडि, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइन रहेका छन् ।

यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध छ ।

‘भीभो उपभोक्तामा आधारित प्रविधि ब्राण्ड हो जसले नेपाली उपभोक्ताहरुको बढिरहेको विभिन्न आवश्यकताहरुलाई पूर्ति गर्दछ’, स्मार्टफोन सार्वजनिक गर्दै भीभो नेपालका जनरल म्यानेजर मार्सले भने, ‘भीभोको आन्तरिक अनुसन्धानले युवा नेपाली उपभोक्ताहरु जो स्टायलिस स्मार्टफोन चाहन्छन र उनीहरुको लाईफस्टायलसँग मिल्ने फीचरहरु खोज्ने गरेको पाईएको छ ।’

भीभो एस १ मा ६ जीबी र्याम र १२८ जीबीको रोम रहेको छ जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ । भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ ।

भीभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ । भीभो एस वानले मल्टि टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिंग मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाईफ पनि बचाउँछ ।

नेपाली बजारमा भीभो एस १ को मुल्य ३४,६९० रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here