काठमाडौं महानगरले ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।

सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरी ४ सय ५० पालिकाबाट सहभागीता हुने महानगरकी उपप्रमुख सुनीता डंगोलले जानकारी दिइन् ।

उनले मुख्य चारवटा विषयमा छलफल गर्ने परिकल्पना रहेको बताइन्। ‘चारवटा विभिन्न विषयमा परिकल्पना गरेका छौँ, यसमा विज्ञहरु हुन्छन्,न्यायिक समितिले के-केमा न्याय सम्पादन गर्ने, प्रकृया के छन, के-के कुरामा छुन नपाउने, मेलमिलाप कसरी गर्ने यी कुराहरूमा छलफल हुन्छ,’उनले भनिन्।

उनका अनुसार उक्त सम्मेलनमा पूर्व उपप्रमुखहरूले आफ्ना अनुभव बाँड्ने छन्। ‘कतिपय महानगरपालिका, नगरपालिका,गाउँपालिकाका प्रमुखहरूले न्यायिक समितिलाई सहयोग नै गर्दैन् भन्ने गुनासो छ,’उनले भनिन्,‘यस्तो गर्नु भएर मिलेर समन्वय गर्दै जानुपर्छ,हामीले सेवा दिनुपर्छ।’

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरु नजिकैको सरकारी कार्यालयहरुमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौं महानगरले आवश्यक कानून तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिइन् ।

जारी भएका कानूनी प्रवन्धको कार्यान्वयन गर्दै सवै वडामा महिला सञ्जाल गठन भइरहेको उनले बताइन् । न्यायिक समितिमा आउने धेरै विवादहरुमा बहाल र कोठा खाली गराउने विषयका छन् । उक्त विषयलाई व्यवस्थापन गर्न महानगरले घरबहाल व्यवस्था निर्देशिका जारी रहेको महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here