बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कुन महिनामा कति दिन बिदा ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीका लागि २०८० मा दिइने बिदाको सूची सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार शनिबार बाहेक कुल ४० दिन (दशैंतिहार सहित)बैंक तथा वित्तीय संस्थाहरु आंशिक वा पूर्ण रुपमा बन्द हुने छन् ।

सबैभन्दा बढी कात्तिकमा दशैंतिहार परेकाले ११ दिन बिदा परेको छ । यस्तै बैंशाखमा तीन दिन बिदा छ । असार र साउनमा शनिबारबाहेक कुनै पनि सार्वजनिक बिदा परेको छैन ।

यस्तै धर्मावलम्बी विशेषलाई उनीहरुको चाडको लागि बिदा दिइनेछ । तर, त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेछ ।

इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ ।

त्यस्तै, २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् ।

वैशाख १ देखि कात्तिक १५ सम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ समय हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै १६ माघदेखि चैत मसान्तसम्म पनि कार्यायल सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ४ बजेसम्म हुनेछ ।

१६ कात्तिकदेखि १५ माघसमम भने कार्यलय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुने राष्ट्र बैंकले जनाएको छ ।