साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत अझै निरक्षर

फाइलफोटो

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

गएको एक दशकमा साक्षर हुने नेपालीको संख्या ७६ प्रतिशत पुगेको छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, पुरुष साक्षरता ८३.६ प्रतिशत र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।

पाँच वर्षभन्दा माथिको उमेरका साक्षर नेपालीको जनसंख्या ७६.२ प्रतिशत पुगेको हो भने १० वर्षअघि नेपालको साक्षर संख्या ६५.९ प्रतिशत थियो ।

सरकारले ०६५ सालमै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित रणनीति बनाएको थियो । तर, दशक बित्दा पनि निरक्षरता उन्मूलन गर्न सकेको छैन ।

जनगणनाअनुसार शहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ ।

अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here