काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको वि.सं. २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गरे।
ग्लोबल आईएमई बैंकले हरेक वर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ।
कार्यक्रममा बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत् मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए।
मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवर्द्धन गर्न ग्लोबल आईएमई बैंक प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा कलाकारद्वयले मण्डला चित्रकलालाई क्यालेण्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिए। उक्त अवसरमा बैंक अध्यक्ष ढकालले कलाकारद्वयलाई सम्मानसमेत गरे।