गण्डकीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकार अल्पमतमा

काठमाडौं । माओवादीले समर्थन फिर्ता लिँदै दुई मन्त्रीले राजीनामा दिएएसँगै एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ ।

माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ ।

एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here