तीनपिप्ले-ओखरपौवा खण्डमा फोहोर बोक्ने गाडीलाई ‘टाइमकार्ड’

फाइलफोटो

काठमाडौं । राजधानी काठमाडौंको फोहोर बोकेर ओखरपौवा चल्ने गाडीहरुका लागि ‘टाइमकार्ड’ लागू गरिएको छ ।

स्थानीयको माग र दबाबपछि काठमाडौं‌ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले तोकिएको गतिमा मात्रै गाडी चलाउने व्यवस्था लागू गरिएको हो ।

अब मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोरका गाडीहरु २० देखि ३० किलोमिटर प्रतिघण्टाको गतिमा चल्नुपर्नेछ ।

मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमिटरको गतिले र तीनपिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमिटरको गतिले गाडी चलाउनुपर्नेछ ।

फोहोरका गाडीहरु अराजक ढंगले दौडाउने गर्दा स्थानीयले आफूहरु असुरक्षित महशुस गर्नुका साथै सवारी दुर्घटनाको जोखिम समेत बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here