मलेरिया नाला तटबन्ध निमार्णको दोधारा चाँदनीका मेयरद्धारा स्थलगत अनुगमन

दोधारा । मलेरिया नाला पक्की तटबन्धको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले अनुगमन गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका– २ मलेरिया नालको मेयर किशोर कुमार लिम्बुले आज स्थलगत अनुगमन गरेका हुन् । बिगत लामो समय देखि जग्गा कटानी संग वर्षायामका नालाको पानी बस्तीमा पस्ने हुदा मलेरिया नालामा चालू आर्थिक वर्षमा प्रदेश सरकार र स्थानिय सरकारको मेचिङ्ग फण्डबाट ७ सय मिटर लामो पक्की तटबन्ध निमार्ण गर्न थालिएको हो ।

सूदूरपश्चिम प्रदेश सरकारको रु. १ करोड र दोधारा चाँदनी नगरपालिका कार्यालयको रु. १ करोड गरि जम्मा २ करोडमा उक्त तटबन्ध निमार्ण गर्न थालिएको दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम सिंह रावलले जनाएका छन् । निमार्णक्रममा रहेको मलेरिया नाला तटबन्धको स्थलगत अनुगमनमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम सिंह रावल तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

उक्त निमार्ण कार्य न्यु हुनैनाथ निमार्ण सेवाकले जिम्मा लिएको छ् । अहि अषाढ मसान्तमा सम्पन्न गरिसक्ने लक्ष्य राखेको उक्त तटबन्ध निमार्ण पछि स्थानिय किसानहरुलाई निकै राहत पुग्ने बताईएको छ् ।

वर्षौ देखि तटबन्ध निमार्णको माँग राख्दै आएका स्थानियहरुले पक्की तटबन्ध निमार्ण हुन लागेपछि खुशी छाएको छ् । अनुगमनको क्रममा दोधारा चाँदनीका मेयर लिम्बुले निमार्ण भईरहेको अवस्था र स्थानियहरु संग निमार्ण कार्यको सुझाव लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here