‘दशतिर फर्किएका दशमुखे गठबन्धनले देशलाई तहसनहस बनाउँछन्’

फाइलफोटो

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दशतिर फर्किएका दशमुखे गठबन्धनले देशलाई आर्थिक संटकतर्फ धकेलेको बताएका छन् ।

कपिलवस्तुमा शनिवार आयोजित मिसन ग्रासरुढ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘देश विकास देख्न नसक्ने प्यादाहरू जुटेका छन्, दशतिर मुख फर्केकाहरू कसरी आफ्नो स्रोत जुटाउन सकिन्छ भनेर लागेका छन्, उनीहरूलाई विकासका योजना के हुन्, कसरी देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने सोच नै छैन ।’

एमालेप्रति चौतर्फी घेराबन्दी, हमला भएको दाबी गर्दै आफ्नो पार्टी सरकारमा हुँदा थालनी गरेका राष्ट्रिय गौरवका योजना कार्यान्वयनका निम्ति वडादेखि प्रतिनिधि सभासम्म मिसन एकाउन्न प्रतिशत निर्वाचित हुनुपर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गरे ।

देशलाई अझै बढी तहसनहस हुन नदिन एमालेलाई अझै बलियो शक्ति बनाउनुपर्ने गरी जुट्न नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन् । एमालेको सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना अहिलेको सरकारले रोक्न थालिसकेको उनको आरोप थियो ।

‘देशको बलियो शक्ति बनेको उनीहरूलाई सह्य भएन, हामी विदेशीको इशारामा नचलेको उनीहरूलाई मन परेन, हामीले विकास र समृद्धिका योजना बनाएको उनीहरूलाई पच्दै पचेन, अनि अनेकन् तिकडम चालेर दशमुखे गठबन्धन बनाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here