राष्ट्रपति पौडेलले गरे गोरखा दरबार अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार गोरखा दरबार क्षेत्र अवलोकन गरेका छन्।

राष्ट्रपति बनेपछि पहिलो पटक काठमाड‍ौँ बाहिर गएका पौडेलले गोरखा दरबार क्षेत्रको भ्रमण तथा अवलोकन गरेका हुन्। उनी हेलिकोप्टरमार्फत गोरखा पुगेका हुन्।

राष्ट्रपति पौडेल पुगेका कारण गोरखाको सुरक्षा अवस्था कडा पारिएको छ। पौडेलले गोरखा दरबार अवलोकन तथा गोरखकाली मन्दिर दर्शन गरेका छ्न्।

उनले आज गोरखा बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here