अर्बपति विनोद चौधरी र मेयर बालेनबीच जम्काभेट

काठमाडौं । कांग्रेस सांसद तथा नेपाली चर्चित अर्बपति विनोद चौधरी र काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)सँग जम्काभेट भएको छ ।

आइतबार भैरहवा विमानस्थलमा भएको जम्काभेटलाई ठूलै उपलब्धिकारुपमा प्रस्तुत गर्दै चौधरीले फेसबुक स्ट्याटस नै लेखेका हुन् ।

चौधरीले लेखेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here