यसरी गर्नुपर्नेछ राष्ट्रिय गानको सम्मान

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ को परिच्छेद ५ मा राष्ट्रिय गानसम्बन्धी व्यवस्था गरिएको छ ।

जसमा राष्ट्रिय उत्सव, औपचारिक कार्यक्रम, सैन्य सम्मानलगायत कार्यक्रममा राष्ट्रिय गान बजाउनुपर्ने हुन्छ ।

यसरी राष्ट्रिय गान गाउँदा वा राष्ट्रिय धुन बजाउँदा अति विशिष्ट, विशिष्ट वा सार्वजनिक ओहदाका पदाधिकारी तथा सर्वसाधारण सबैले हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औँलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here