दाँत कोट्याउने सिन्का विदेशकै भर, ८ महिनामै बाहिरियो ८९ लाख

काठमाडौं, १३ चैत । नेपालीहरुको परनिर्भर जीवनशैली बढेको छ । जुन सामान आयात नगनरे पनि हुन्छ । ती करोडौंको आयात भइरहेका छन् ।

नेपालमा वार्षिक करोडौं रकमको नेपालको आयात सूची हेर्ने हो भने त्यस्ता सामान भेटिन्छन् जो विश्वास गर्न गाह्रो हुन्छ।

टाँक, दाँत कोट्याउने सिन्कादेखि अन्य सामान्य कामको लागि प्रयोगका आउने सामग्री आयात हुने गरेको छ ।

आयात भइरहेकामा कपाल रंग्याउने मेहन्दी, स्याम्पु, मुखमा लगाउने क्रिम, चुइँगम काईँयो, बच्चाको डाईपर, खेल्ने तास, टाँक, अक्षर मेटाउने रबर, दाँत कोट्याउने सिन्का, सिन्के धुप , टुथ ब्रस, टुथ पेष्ट (मञ्जन) लगायत रहेका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्षमा टाँकदेखि दाँत कोट्याउने सिन्का करोडौं रकमको आयात भएको छ ।

चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ‘टुथ–पिक’ आयातमा नेपालबाट ८९ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ ।

विभागका अनुसार यस अवधिमा नेपालमा २७ हजर ७०० किलोग्राम टुथ–पिक आयात भएको छ । विभागका अनुसार नेपालमा चीन र थाइल्याण्डबाट दाँत कोट्याउन टुथ–पिक आयात हुन्छ ।

गत आर्थिक वर्षको ८ महिनाको अवधिमा विदेशबाट २ करोड ३६ लाख रुपैयाँको टुथ- पिक आयात भएको थियो ।

अन्य देशबाट पनि त्यस्तो सामग्री आयात भएको छ । योभन्दा परनिर्भर चरित्र अरु हुनै नसक्ने जानकारहरूको भनाइ छ । ‘हरियो वन नेपालको धन’ हाम्रा लागि असाध्यै चर्चित छ । प्राय जसोः विद्यालय तहदेखि नै निबन्ध प्रतियोगितामा समेत यस विषयमा राम्रैसँग सिकाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here