सडकमै बित्यो ११ दिन हिँडेर काठमाडौंमा आएका पीडित मिटरब्याजी पीडितको रात

काठमाडौं । न्याय खोज्न महोत्तरीको बर्दिबासबाट पैदल हिंडेका काठमाडौं आइपुगेका मिटर ब्याजपीडितहरूको रात सडमै बितेको छ ।

पहिलो दिन मातातीर्थमा बसेका उनीहरु दोस्रो दिन खुलामञ्चमा बस्ने उद्देश्यसहित आएपनि काठमाडौँ महानगरपालिकाले प्रवेश नदिएपछि मञ्चअगाडिकै सडकमा बसेका हुन् ।

पीडितहरुले केन्द्र सरकार आफ्नो अभिभावक सम्झेर काठमाडौं आएपनि प्रहरीको व्यवहार निर्दयी रहेको गुनासो गरेका छन् । ​

चैत २ गते महोत्तरीको बर्दिबासबाट शुरु गरेका पैदल मार्चमा बालबच्चा बोकेका महिलाहरुसमेत सहभागी छन् ।

तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।

यसअघि पनि तराई-मधेशबाट मिटर ब्याजपीडित काठमाडौं पुगेर धर्नामा बसेका थिए। सरकारले उनीहरूको माग सम्बोधन गर्ने सहमति गरेपछि घर फर्किएका थिए।

तर, सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि फेरि न्यायका लागि पैदल काठमाडौंतर्फ हिंडिरहेको उनीहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here