चिनियाँ नागरिकको ठगी धन्दा, चार नेपाली युवती पनि संलग्न

काठमाडौं । अनलाइन ठगीमा संलग्न चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको १९ जनामध्ये नौ जना चिनियाँ र १० जना नेपाली हुन् । तीमध्ये चार जना नेपाली युवती रहेको बताइएको छ ।

पक्राउ पर्ने महिलाहरू रविना सुनुवार, सुनिता गुरूङ, जमुना गोले, अनु गुरूङ र अनिता मगर छन्। प्रहरीले उनीहरूको कार्यालयबाट कम्प्युटर, सिमकार्ड, पासपोर्ट, चार लाख नगद लगायत बरामद गरेको छ।

उनिहरुलाई ठगीमा प्रयोग भएको उपकरणसहित बूढानीलकण्ठ नगरपालिकाको महादेवखोला र काठमाडौं महानगरको चण्डोलबाट पक्राउ गरेको थियो ।

अभियुक्तहरुको साथबाट १२ थान ल्यापटप, सिमसहित ७७ थान मोबाइल, अन्य सीम कार्ड ७४ थान, छ थान राहदानी, चार लाख एक हजार नेपाली रुपैयाँ, कम्प्युटर दुइ थान र राउटर चार थान पनि प्रहरीले बरामद गरेको छ ।

उनीहरुले अनलाइन व्यवसायमा नाफा हुने प्रलोभनमा धेरै जनालाई ठगेको बताइएको छ । उनीहरुले टेलिग्राममा अपरेसन टिचर नामको च्यानल सञ्चालन गरेका थिए ।

उनीहरुले अवैध रुपमा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै सर्वसाधारण नागरिकलाई ठगी गर्दै आएका थिए ।

प्रहरीमा परेको उजुरी अनुसार ठगीमा संलग्नहरुले टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा देखाएर ठगी गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here