सालको फेदमा विक्रमबाबाको दर्शन, मनोकांक्षा पूरा हुने विश्वास

काठमाडौं । चैते दशैँका अवसरमा आज चितवनको विक्रमबाबा मेलामा भक्तजनको भीड लागेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र सालको रुखको फेदमा विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ।

भरतपुर महानगरपालिका-२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा एक साताअघि पूजा गरेपछि मेला सुरु भएको थियो। मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ ।

विक्रमबाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढ्दै गएको थियो ।

विक्रमबाबामा दर्शन गर्नाले सन्तान प्राप्ति र सुखलगायत मनोकांङक्षा पूरा हुने विश्वास गरिन्छ

। चैते दशैंमा हजारौं भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपक्षी बलि दिने गर्दथे । किम्वदन्तीअनुसार विक्रम नाम गरेको आदिवासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने तथा परिवारमा शान्ति, सन्तान प्राप्ति र मनोकामना पूरा हुने विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here