मिटरब्याज पिडित नागरिक र सरकारबीच आज वार्ताको तयारी

काठमाडौं, १६ चैत । तराईका विभिन्न जिल्लाबाट पैदलै काठमाडौं आइपुगेका मिटरब्याज पिडित र सरकारबीच आज औपचारिक वार्ताको तयारी छ । सरकारले मिटर ब्याजलाई अपराध मान्ने गरी कानून संशोधन गर्ने निर्णयपछि आन्दोलन मत्थर भएको छ ।

बुधबार हुने भनिएको वार्ता धेरैजसो पिडित काठमाडौं आइपुगेपछि बिरामी परेका कारण रोकिएको थियो । बिहीबार वार्ताको तयारी छ । मिटर ब्याज पिडितका मागलाई तल्लो स्तरमै समाधान हुने उपाय खोज्न सांसदहरुले बुधबार सरकारको ध्यानाकर्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here