बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय नेतृत्व कुर्दै, आज होला मन्त्रिपरिषद् बिस्तार ?

काठमाडौं, १६ चैत । बुधबार मन्त्रालयको भागवण्डा टुंगो लगाएका दलहरुबीच आज मन्त्रिपरिषद् बिस्तारको सहमती जुटेको थियो । सोही अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् ।

मन्त्रिपरिषद् बिस्तार हुन नसक्दा सबैभन्दा ठूलो असर अर्थतन्त्रमा परिरहेको छ । अर्थ मन्त्रालय लामो समयदेखि नेतृत्वबिहिन अवस्थामा छ । अहिले अर्थले विभिन्न मन्त्रालयबाट कार्यक्रमहरु माग गरिरहेको छ । अर्कोतर्फ राजस्व परामर्श समितिले समेत काम गरिरहेको छ ।

निजी क्षेत्र र सरोकारवालाबाट बजेट माग गर्ने यस बेला आगामी आर्थिक वर्षका लागि उत्कृष्ट आर्थिक नीति बनाउन जुट्ने पर्ने थियो । तर, अर्थ मन्त्रालय नै नेतृत्वबिहिन रहँदा अन्यौलता छाएको छ । यस पटक अर्थ मन्त्रालयमा कांग्रेसबाट प्रकाशशरण महतको चर्चा छ । यद्दपी बिहीबार बिहानसम्म मन्त्रीको टुंगो भने लागिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here