प्रधानमन्त्री प्रचण्डले भने ‘मन्त्रिपरिषद आजै विस्तार गरिने छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद विस्तार गरिने बताएका छन् । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका वा नभए भोलीसम्म मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए ।

एक दुईटा मन्त्रालय मिलाउन बाँकी भएको समेत उनले बताए ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here