प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

फाइलफोटो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी १४ सय रुपैयाँ प्रतितोला पुगेको छ ।

नेपाली बजारमा बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here