‘डा. स्वर्णीम वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन’

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले डा स्वर्णीम वाग्लेको विद्रोहलाई हल्का रुपमा लिन नहुने बताएका छन्।

डा भट्टराईले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘डा स्वर्णीम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन्। तर यसलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन। देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लि‍औं।

डा वाग्लेले बिहीबार कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेको नाम सिफारिस गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here