सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्ने शेखर समूहको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्ष सरकारमा सम्मानजनक सहभागिता नगराउने हो भने सहभागिता नजनाउने चेतावनी दिएको छ ।

शुक्रबार बिहान बसेको कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका भन्दै मन्त्रीको नाम नदिने चेतावनी दिएको छ ।

कांग्रेसले ८ मन्त्रालय पाएकोमा उपसभापति गुरूङ र मोरङबाट निर्वाचित डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने चर्चा छ। कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्ने अडानमा कोइराला पक्ष छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here