तीन महिनामा सातौं पटक सरकार पुनर्गठन, अझै पाँच मन्त्रालय प्रधानमन्त्रीसँग

काठमाडौं । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका ९ दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तर सरकारले अझै पूर्णता पाउन सकेको छैन् ।

आफैंले दुई पटक विश्वासको मत लिइसकेका दाहालले अझै ५ मन्त्रालय आफैसँग राखेका छन् । पुनर्गठन हुँदा शुक्रबार नेपाली कांग्रेसबाट चारजना मात्रै नेताले शपथ लिने भएका छन्।

कांग्रेसले ८ वटा मन्त्रालय पाएको थियो। कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् ।

उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

दुई मन्त्रालय पाएको नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री हुँदैछन्।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त गरेका छन् ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाबाट अकोश राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, लोसपाबाट शरद सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, जनमतबाट अब्दुल खानखानेपानी तथा सरसफाइ मन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले त्यसपछि दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३, माघमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले त्यसपछि १४ र १६ फागुनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here