स्थानीय वायु सक्रिय, वाग्मती र गण्डकी प्रदेशमा वर्षा

काठमाडौं । पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here