मिटरब्याजबारे गृहमन्त्रीको ब्रिफिङ-‘पीडितको समस्या स्थायी रुपमा समाधान गर्छौ’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी सरकारले काम गरेको बताएका छन् ।

आइतबार संसद बैठकमा सांसदहरूले मिटरब्याजपीडितहरूको समस्याबारे प्रश्न उठाएपछि सम्बोधन गर्दै उनले मिटरब्याजीपीडितको समस्या जुनसुकै हालतमा अन्त्य गरी न्याय दिलाउने बताए ।

‘मिटरब्याजी समस्यालाई, शोषणको अत्यन्त भद्दा रुपलाई जसरी पनि अन्त्य गर्ने र पीडितलाई हरहालतमा त्यसबाट मुक्त गर्ने, न्याय दिने हाम्रो प्रतिबद्धता छ,’उनले भने ।

“मिटरब्याजी समस्यालाई, शोषणको अत्यन्त भद्दा रुपलाई जसरी पनि अन्त्य गर्ने र पीडितलाई हरहालतमा त्यसबाट मुक्त गर्ने, न्याय दिने हाम्रो प्रतिबद्धता छ,” उनले भने ।

बैठकमा उनले नेकपा ९एमाले०का सांसद ठाकुर गैरेले पहिलेको प्रतिवेदन थन्क्याएर धोका दिएको भन्दै आजको बैठकमा लगाएको आरोपको खण्डन पनि गरे । उनले पहिले आयोग नभएर कार्यदल बनेको बताए ।

“पहिले कार्यदल बनाइएको थियो । आयोग होइन । कार्यदलको सीमा थियो । जाँचबुझ आयोगअन्तर्गत आयोग नै बनाउने दुई पक्षबीच सहमति गरेका छौँ । अब बस्ने पहिलो मन्त्रिपरिषदबाट निर्णय गर्ने गरी अघि बढ्दै छौँ,” मन्त्री श्रेष्ठले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here