नयाँ अर्थमन्त्रीलाई शेयर बजारले पत्याएन, नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतलाई शेयर बजारले रातो झण्डासहित स्वागत गरेको छ ।

निरन्तर घटिरहेको शेयर बजारले आजपनि उही गतिमा रहेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक(नेप्से) २० अंकले घटेर १८८८.५५ बिन्दुमा आइपुगेको छ ।

यसदिन २६० कम्पनीको १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको ३७ लाख ८७ हजार ४४१ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

शिवम सिमेन्टको साढे ४ करोड, रिडी पावरको तीन करोड ७३ लाखको कारोबार भएका छ । घट्दो बजारमा कालिञ्चोक दर्शनको शेयर मूल्यमा पोजेटिक सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here