लघुवित्तसँग सम्बन्धित समस्या छन् ? राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव मागेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायबारे अध्ययन गर्न समिति गठन गरेको छ । सो समितिले सरोकारवाला निकायबाट सुझाव माग गरेको हो ।

राष्ट्र बैंकको mfiss@nrb.org.np मा इमेल गरी सुझाव दिन सकिने भएको छ । लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र सो समस्या समाधान गर्न चाल्नु पर्ने कदमबारे सुझाव दिन सकिने भएको छ । पछिल्लो समय राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको नियमनलाई कडाई गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here