महासंघ निर्वाचन : धमाधम प्यानल घोषणा गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि प्रचार प्रसारको कामले तिब्रता पाएको छ । व्यवसायीहरु प्यानल नै खडा गरी मैदानमा उत्रिएका छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित व्यक्ति नै आगामी अध्यक्ष हुने प्रावधान छ ।

सोही अनुसार रामचन्द्र संघाइले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आइतबार एक कार्यक्रम आयोजना गर्दै संघाइले आफ्नो प्यानल घोषणा गरेका हुन् । संघाइले जिल्ला नगरबाट उपाध्यक्षमा सुरकृष्ण वैद्यलाई टिममा राखेका छन् ।

यस्तै वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ संघाइको टिममा छन् । श्रेष्ठ यसअघि अन्जन श्रेष्ठको प्यानलमा उपाध्यक्षको दौडमा थिइन् ।

उता, उमेश श्रेष्ठले आज आफ्नो उम्मेदवारी र प्यानल घोषणा गर्दैछन् । उनले उपाध्यक्षमा दिनेश श्रेष्ठ र हेमराज ढकालसहितको प्यानल बनाएका छन् । अर्का प्रत्यासी अन्जन श्रेष्ठ समेत यस पटक वरिष्ठ उपाध्यक्षको होडमा छन् । उनले अझै प्यानल भने बनाइसकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here