सौराहामा अज्ञात समूहले काट्यो ४५ वर्षीया चन्चलकलीको सुँड

चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको ४५ वर्षीया चन्चलकली हात्तीको सुँड अज्ञात समूहले काटिदिएको छ ।

गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो ।

हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने सुँडको मुख्य भाग नै भाग जोड्न नमिल्ने अवस्थामा रहेको जनाइएको छ ।

हात्तीको सुँड काट्नेको खोजी र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here