सिक्किममा हिमपहिरो, तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु

काठमाडौं । सिक्किमको नाथुलामा हिमपहिरोमा परी तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु भएको छ ।

सिक्किम सरकारले जारी गरेको विज्ञप्ति अनुसार यस हिमपहिरोमा परी मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन्।

अन्य उत्तर प्रदेश, पश्चिम बंगाल र कोलकत्ताका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमपहिरोमा अझै केही सवारी साधन पुरिएको बताइएको छ। इन्डियन एक्सप्रेसका अनुसार २०/३० जना पर्यटकहरू बेपत्ता रहेको आशंका छ।

कति मानिस पहिरोमा पुरिएका छन् भन्नेबारे अहिलेसम्म यकिन तथ्याङ्क आएको छैन। उद्धार गरिएकाहरू मध्ये ८ जनाको अवस्था गम्भीर रहेको समेत बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here