इसेवा र युके एडबीच हस्ताक्षर, ग्रामीण भेगमा डिजिटल वित्तीय सेवा पुर्याउने

काठमाडौं, ३० साउन । इसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि ईसेवा फोनपेले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे ।

यस सम्झौता मार्फत् स्थापित गरिएका इसेवा क्यास पोइन्टले डिजिटल माध्यम मार्फत् ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवाहरु प्रदान गर्ने बताईएको छ ।

यस परियोजनाको उद्देश्य भनेको वित्तीय सेवाहरुपमा आम नागरिकहरुको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरुमा डिजिटल वित्तीय सेवाहरुको पहुँच बढाउने रहेको कम्पनीले बताएको छ ।

कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दाहरुलाई वित्तीय सेवामा पहुँच प्रदान गर्नको लागि युके एडको सक्षमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ । त्यसको नतिजा स्वरुप बढी कारोबार लागत भएका सेवाहरुको विकल्प क्यास पोइन्ट हुन सक्छ र वित्तीय सेवा प्राप्त गर्ने जनसंख्याको हिस्सा पनि वृद्धि गर्नेछ ।’

इसेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here