भारतको ७३ औं स्वतन्त्रता दिवस मनाइयो, नेपाललाई दियाे ३० एम्बुलेन्स र ६ बस

काठमाडौं, ३० साउन । काठमाडाैं स्थित भारतीय राजदूतावासले बिहीबार भारतको ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । बेलायतकाे अधिनबाट सन् १९४७ अगस्ट १५ मा स्वतन्त्रता प्राप्त गरेपछि भारतले हरेक वर्ष यस दिनलाई स्वतन्त्रता दिवसकाे रूपमा मनाउने गर्छ ।

स्वतन्त्रता दिवस समारोहको शुभारम्भ नेपालका लागी भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरे सँगै भयो ।

त्यसपश्चात राजदूत पुरीले भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाए । सो सन्देशमा भारतले गएको ७२ वर्षमा विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरु बारे उल्लेख गरिएको थियो ।
राजदूतद्वारा ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई नेरु ५.३१ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरे ।

राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार स्वरुपप्रदान गर्यो । राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।

यसले भारत सरकारको नेपालको सामाजिक–साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको दूतावासले बताएको छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ जसले हजारौँ नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीहरुका शैक्षिक आवश्यकताको पूर्ति गरेको छ ।

७३ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अनन्य मित्रहरुको सहभागिता थियो ।

उक्त समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तीपूर्ण गीतहरु प्रस्तुत गरेका थिए । नेपाल आर्मी ब्याण्डको प्रस्तुती सँगै सो समारोहको समापन भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here