बिद्यालयले पुस्तक तथा स्टेशनरी सामग्री बेचेमा कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराए कारबाही गर्ने भएको छ ।

विद्यालयले तोकेको ठाउँबाट नै पुस्तक तथा पोसाक लिनपर्ने भन्दै पटक पटक आइरहेकोले त्यस्ता गतिबीधी रोक्न महानगरपालिकाले सूचना जारी गरेको हो ।

काठमाडौं मानगरपालिकाको सूचना सामाजिक सञ्जालमा सेयर गर्दै विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको मेयर बालेन शाहले बताए । ‘साथै, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ” उनले भने ।

नियम उल्लंघन गरेको अवस्थामा विद्यालयका प्रधानाध्यापक जबाफदेही हुनुपर्ने समेत महानगरपालिकाको सूचनामा उल्लेख गरिएको छ ।

विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार विद्यालय आफैले पुस्तक तथा स्टेशनरी बेच्न नपाउने तथा विद्यालयबाट निर्धारित पोसाक कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनपर्ने नियक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here