ढाका कुमारको सचिवालय भन्छ– ‘अडियो सम्पादन गरेर षड्यन्त्र गरियो, सार्वजनिक गर्नेलाई कारबाही होस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवादास्पद सांसद डा. ढाका कुमार श्रेष्ठको सचिवालयले रकम मागबारे बाहिरिएको अडियो निज श्रेष्ठको नभएको बताएको छ ।

डा. श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै २ करोड रुपैयाँ माग गरेको अडियो बाहिरिएको थियो । सो अडियो श्रेष्ठको आफ्नै अडियो नभएको र आवाज सम्पादन गरी नियोजित रुपमा कसैले षडयन्त्रपूर्वक बाहिर ल्याएको दाबी गरिएको छ ।

श्रेष्ठको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उक्त अडियो कुराकानीमा भएको आवाज तथा अभिव्यक्तिहरु श्रेष्ठको नभएको दाबी गरेको छ। ‘सो सम्वादमा बोलेका अभिव्यक्तिहरु मा डा ढाकाकुमार श्रेष्ठको नभएको र सो आवाज सम्पादन गरी नियोजित रुपमा मा डा ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षड्यन्त्र हो,’ श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डा. श्रेष्ठको सचिवालयले सो अडियो बाहिर ल्याउने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाहीको लागि प्रक्रियामा जाने समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here