काठमाडौंमा अनलाइनबाटै नक्सापास हुने, आर्थिक अनियमितता रोकिने बालेनको दाबी

फाइलफोटो

काठमाडौं । काठमाडौँ महानगरले नेपालमा पहिलो पटक घर नक्सा पासमा पूर्ण रुपमा डिजिटल प्रणाली बनाएको छ ।

यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । पहिला २ देखि ३ महिना लाग्ने काम यो सुविधाले घरबाटै निकै सजिलो तरिकाले महानगररवार्ड कार्यलय नगई गर्न सकिने छ ।

यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।

यसले पहिले २-३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ ।

यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here