एनआईसी एशिया बैंकका संस्थापक अग्रवाल ‘सुप्रबल जनसेवाश्री’बाट विभूषित

काठमाडौं । एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार जगदीशप्रसाद अग्रवालले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्राप्त गरेका छन् ।

३ असोज २०७९ मा संविधान दिवसको अवसर पारेर घोषणा गरिउको उक्त विभूषण विभूषण नयाँ वर्षको अवसर पारेर राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सुशोभन समारोहका राष्ट्रपति पौडेलले प्रदान गरेका हुन् ।

अग्रवाल ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा कार्यरत रही एक सफल उद्योगी व्यवसायीको रुपमा स्थापित छन् । उनले कुशल व्यवसायिक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशीलतामार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।

अग्रवाल हाल विशाल ग्रुपका अध्यक्ष छन् । उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रालि, कमला रोलिङ मिल्स प्रालि तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रमा गरिमामय भूमिका निर्वाह गर्दै आएका छन् । साथै, उनले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनीमार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्नेलगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पुर्याउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here