विमानस्थलबाट फर्काइए बैंग्लोर उड्न लागेका रास्वपाका नेता

काठमाडौं । नेपाल वायुसेवा निगमको फ्लाइटबाट भारत जान लागेका रास्वपाका उपसभापति डोरप्रसाद (डिपी) अर्याललाई विमानस्थलबाट फर्काइको छ ।

पूर्वश्रममन्त्रीसमेत रहेका अर्याल शनिबार दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए ।

विमानस्थलमा निगमका कर्मचारीले अर्यालसँग नागरिकता माग्दा उनले राष्ट्रिय परिचय पत्र मात्रै देखाएका थिए । विमानस्थलका कर्मचारीले राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै अर्याललाई विमान चढ्नबाट रोकेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here