बुवाको निरन्तरता तोड्दै २७ वर्षीय सुजनले छेडे जिब्रो

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् ।

शनिवार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here