दोल्ती पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले सर्वसाधारणका लागि चैत २८ गते आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको कम्पनीले जानकारी दिएको छ ।

जसमा ५ प्रतिशत अर्थात ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । त्यस्तै कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

अहिले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा एनआईसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धक छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here