‘जारी’ फिल्म पाइरेसी भएको भन्दै निर्माताले दिए उजुरी

काठमाडौं । हाल प्रदर्शनमा रहेको फिल्म ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

जारीका निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

फिल्मको दृष्य हलमा खिचेर सामाजिक सञ्जालमा राखेर निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् ।

यसअघि पनि छक्कापञ्जा ४ पाइरेसी भएको भन्दै निर्माताले साइबर ब्युरोमा उजुरी दिएका थिए । पछि प्रहरीको तदारुकतामा पाइरेसी गरिएका एकाउन्टबाट ती दृश्य हटाइएको थियो ।

दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here