एमाले अध्यक्ष ओलीलाई भाइरल ज्वरो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू अस्वस्थ बनेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ ।

अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु,’ ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उमेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो ।

तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन ।’ उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपाने, बारा –२ मा पुरुषोत्तम पौडेल र तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द खनाल उमेदवार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here