घोराही सिमेन्टले पायो प्रिमियममा आइपीओ विक्री गर्न अनुमति

काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ६ गते अंकित मूल्यमा थप प्रिमियम जोडेर आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । जसमा आयोजना प्रभावित क्षेत्रका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधरणका लागि ७५ लाख ४६ हजार ६११ कित्ता छुट्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रतिकित्ता ४०० रुपैयाँ र सर्वसाधरणका लागि ४३५ रुपैयाँमा आइपीओ विक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बीबीबी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व जोखिम वहन गर्ने क्षमता औसतमा मध्यम स्तरको रहेको जनाउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here