माओवादीको किल्ला आँबुखैरेनीबाट स्वर्णिमलाई ६६ प्रतिशत मत

काठमाडौं । माओवादी वर्चश्वको रहेको तनहुँ-१ को आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अत्यधिक मत पाएका छन्।

६ वडा रहेको यो गाउँपालिकामा स्वर्णिम वाग्लेले ४४४५ अर्थात् ६६ प्रतिशत मत पाएका छन् भने कांग्रेसका भट्टराई १६४८ अर्थात् २५ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका खनालले ५९६ अर्थात् ९ प्रतिशत मत पाएका छन्।

गएको स्थानीय चुनावमा आँबुखैरेनी गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र एक्लाएक्लै चुनाव लडेका थिए।गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here