स्न्यापच्याटको माई एआई च्याटवट अब सबै प्रयोगकर्ताका लागि नि:शुल्क

काठमाडौं । स्न्यापच्याटको माई एआइ च्यटवट अव सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्ने भएका छन् । स्न्यापले बुधवार माई एआई च्याटबट सबै प्रयोगकर्ताको पहुँचमा पुर्याउने घोषण गरेको हो ।

भाइरल एआई च्याटबोट च्याटजीपीटी द्वारा संचालित यो सुविधा यसअघि स्न्यापच्याट सदस्यहरूलाई भुक्तान गर्नका लागि मात्र उपलब्ध थियो।

मेसेजिङ एप स्न्यापच्याटमा च्याटजीपीटी समावेश भएसंगै गरिएको स्न्यापच्याटका सम्पूर्ण प्रयोगकर्ताले च्याटजीपीटीमा आधारित एआई निशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् ।

यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले दिएको विवरण अनुसार एआईले नै तस्वीर तयार गर्नुका साथै मेसेज गर्न सक्नेछन् । सो मेसेजको आधारमा च्याटबटले आफै तस्वीर तयार गरिदिनेछ ।

यस च्याटबटले स्नापम्यापको आधारमा रेष्टुरेन्ट तथा अरु क्रियाकलापहरु गर्ने ठाँउ कता छ भनेर खोज्न दिन्छ । तपाईलाई कुन अगुमेन्टेड लेन्सले सुहाउँछ भनेर पनि माई एआईले सुझाव दिने गर्दछ ।

प्रयोगकर्ताहरुले यस एआईलाई ग्रुप च्याटमा जोडेर कुराकानी समेत गर्न सक्छन् । सिमित प्रयोगकर्ताले यो च्याटबट पाएपनि यो प्रयोगकर्ता माझ एकदमै चर्चित रहेको छ । स्न्यापच्याटबाट दैनिक २० लाख च्याट म्यासेजहरू आदानप्रदान हुने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here