विदेशी मुद्रा सटहीको सीमा हेरफेर, सेवा आयातमा एलसी अनिवार्य नहुने

काठमाडौं । अबदेखि मालवस्तुबाहेक अन्य आयातको हकमा प्रतीतपत्र (एलसी) अनिवार्य नहुने भएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरेको एकीकृत परिपत्र–२०७९ मा संशोधन/परिमार्जन गरी सो व्यवस्था गरेको हो।

यसअघि माल वस्तु आयात गर्ने प्रयोजनको लागि ड्राफ्ट टीटीमार्फत आयात गर्न पाइने सीमाभन्दा बढीको हकमा प्रचलित व्यवस्था रही प्रतीतपत्रको माध्यमबाट मात्र प्रदान गर्नुपर्नेछ भन्ने व्यवस्था थियो।

सोही व्यवस्थामा मालवस्तुबाहेक अर्थात् सेवाजन्य अन्य आयातको हकमा प्रतीतपत्र अनिवार्य नहुने व्यवस्था थपिएको छ।

साथै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले वैदेशिक अध्ययनको स्वीकृति ‘नो अब्जेक्सन लेटर’सम्बन्धी विवरण एकीन गरी सटही सुविधा उपल्ब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।

बैंकहरुले ५० अमेरिकी डलरभन्दा साना दरका नगद नोट खरिद गर्दा सेवा शुल्क लिन बाधा नपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै यो सुविधा थप गरेको हो। यसअघि यो व्यवस्था गरिएको थिएन।

त्यस्तै यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले परिवर्त्य विदेशी मुद्राको विनिमय दर तोक्दा सम्बन्धित परिवर्त्य विदेशी मुद्राको न्यूनतम खरिद दर (५० दरभन्दा साना दरका नगद नोट खरिदसमेत) र बिक्री दरबीचको फरक १ प्रतिशतभन्दा बढी नहुने गरी तोक्नुपर्ने व्यवस्था गरेको छ।

तर, अमेरिकी डलरका हकमा भने खरिद र बिक्री दरबीचको फरक नेपाली रुपैयाँ ०.६० भन्दा बढी हुन नहुने व्यवस्था भने राष्ट्र बैंकले थप गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here