पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकार, नियामक निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here