डाक्टरको घरमा नर्सले गरिन् आत्महत्या

काठमाडौं । काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्।

विवाह गर्न नमानेको भन्दै वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन्।

श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको हो। आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो।