उपेन्द्रलाई चाँदीको मुकुट र दुई सय किलोको माला

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट र दुई सय किलोको फूलको माला लगाएर लगाएर सम्मान गरेका छन् ।

यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्बिर सार्वजनिक गरेका छन् । कलैयामा जसपाबाट जितेका जनप्रतिनिधिहरूले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको उल्लेख गरेका छन् । अध्यक्ष यादवले चुनाव जितेपछि बारामा हात्तीसहितको जुलुस निकालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here