काठमाडौं । उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् । राष्ट्रपति कार्यालयका अनुसार आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट पौडेल स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा अस्पतालमा उपचार भएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरूले अझ केही हप्ता आराम गर्ने सुझाव दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पेट र छातीमा समस्या देखिएपछि पौडेललाई एयर एम्बुलेन्सबाट वैशाख ६ गते दिल्ली लगिएको थियो ।